सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा पक्राउ परेका छन् ।

शनिबार भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । योसँगै उक्त सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ । गएको साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सुन बाहिरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here