मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, दक्षिणी प्रान्तमा बढी मानवीय क्षति

काठमाडौं । मोरक्कोमा शक्तिशाली भूकम्पले भौतिक संरचनाहरु भत्काउँदा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। शुक्रबार राति स्थानीय समयअनुसार ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको सिएनएनले उल्लेख गरेको छ।

मोरक्कोको आन्तरिक मन्त्रालयका अनुसार १ हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका छन्। भूकम्पका कारण माराकेशको दक्षिणी प्रान्त सबैभन्दा बढी मानवीय क्षति भएको छ।

भूकम्पका कारण अकल्पनीय जन–धनको क्षतिका बीच राजा मोहम्मद छैठौंले ३ दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। राजाले बाँचेकाहरूलाई आश्रय, खाना र अन्य मद्दतको आदेश दिएका छन्।

मोरक्कोमा २० वर्षपछि यति ठूला भूकम्प आएको हो। यसअघि सन् २००४ मा बन्दरगाह सहर अल होसिमा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यतिबेला ६३० जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here