टुंगियो ‘एक भगवत् गीता’ विवाद, शीर्षक फेर्ने सहमति

काठमाडौं । ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो ।

निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ ।

सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् । थापाले भागवत र गीताको बीचमा ड्यास राख्न गरेको प्रस्ताव धार्मिक समूहले अस्वीकार गरेका थिए ।

नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ । केहीबेरमा सहमतिबारे औपचारिक घोषणा गरिने भएको छ । चलचित्र विकास बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ ।

भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here