निर्वाचन भएको १५ महिनामै स्थानीय तहमा २० पद रिक्त

काठमाडौं । स्थानीय तहमा २० जनप्रतिनिधिको पद रिक्त भइसकेको छ। अध्यक्ष, उपाध्यक्ष र जिसस प्रमुखबाहेक १७ वडाध्यक्षको पद पनि रिक्त छन्। जसमध्ये आठ जना नेपाली कांग्रेसबाट, चार जना एमाले, चार जना माओवादी केन्द्र र एक जना स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए।

प्रदेशतर्फ पनि एक जना प्रदेशसभा सदस्यको पद रिक्त छ। बझाङ १(१) बाट प्रदेशसभामा निर्वाचित तथा सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको गएको असार ५ गते भएको दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्र पनि रिक्त छ।

स्थानीय तह निर्वाचन ऐन २०६३ दफा ३ को उपदफा २ अनुसार कुनै पनि पद रिक्त भए र पदावधि एक वर्षभन्दा बढी बाँकी भए मात्र निर्वाचन हुन्छ। २०७९ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here