सुन तस्कारी प्रकरणमा अनुसन्धान गरेको भन्दै भन्सार कर्मचारीको अवरोध, सबै सेवा ठप्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै सोमवार भन्सार जाँचपास ठप्प पारेका छन् ।

उनीहरुको आन्दोलनका कारण आज निकासी पैठारीका काम बन्द भएका छन् । दुईजना अधिकृतसहित सातजना कर्मचारी पक्राउ गरेको, अनावश्यक दुःख दिएको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन् ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

भन्सार ऐन, २०६४ को दफा ६६ बमोजिम कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको काम कारबाहीप्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन’ भन्ने स्पष्ट व्यवस्था गरेको छ ।

देशको राजश्व असूलीको लागि अहोरात्र खटिई कानुनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी हामी कर्मचारीहरुको मनोबल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी हामी कर्मचारीहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्‍याउने गरी विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द नभएसम्म यस्तै परिस्थितिमा कार्यालयको दैनिक कार्यसञ्चालन गर्न हामी कर्मचारीहरु असमर्थ रहेको व्यहोरो खुलाई सामूहिक सरुवाको लागि भन्सार विभागका महानिर्देशकसँग माग गरे पनि सुनुवाई नभएकाले विरोधका कार्यक्रम जारी राखिएको छ,” विमानस्थल भन्सारका कर्मचारीहरुले सामूहिकरुपमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here