होन्डा नेपालले ल्यायो नयाँ ‘होन्डा एलिभेट’

काठमाडौं । होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्सका साथ एसयूभीले उच्चस्तरीय ड्राईभिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीले देशभर रहेका आधिकारिक होन्डा डिलरशिपहरूमा एसयूभी होन्डा एलिभेटको लागि बिक्री खुलाइसकेको छ ।

कम्पनीका अनुसार गाडीको मूल्य ५६ लाख ३५ हजार देखि ७९ लाख ४४ हजारसम्मको मूल्यमा एसयूभीका भेरियेन्टहरु उपलब्ध रहेका छन् ।

त्यस्तै, गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरूलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्दछ ।

यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here