‘एक भगवत् र एक गीता’ जस्ताको त्यस्तै सेन्सर पास

काठमाडौं । नाममा केही परिवर्तन गरेपछि फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ सेन्सर बोर्डबाट जस्ताको त्यस्तै पास भएको छ।

सेन्सर बोर्डका पदाधिकारीले मंगलबार फिल्म हेरेर कुनै विवादित दृश्य नदेखेपछि सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाण पत्र दिएको हो। बोर्डले फिल्मको लम्बाइ दुई घण्टा १९ मिनेट तय गरेको छ भने फिल्ममा समावेश कुनै दृश्य र संवादमा कैंची लगाएको छैन।

फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा केही धार्मिक संस्थाहरूले फिल्मको पहिलेको नाम ‘एक भगवत गीता’ मा चर्को विरोध जनाएका थिए। हिन्दु धर्मलाई मास्ने काम गरेको भन्दै फिल्मको सेन्सर सिफारिसमा समेत रोक लगाएपछि फिल्मको नाम परिवर्तन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here