पाकिस्तान एसिया कपबाट बाहिरियो, श्रीलंका फाइनलमा

काठमाडौं । पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश गरेको छ।

सुपर फोर अन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइलन पुगेको हो। पाकिस्तानको एसिया कप यात्रा भने समाप्त भएको छ।

श्रीलंकाले ४२ ओभरमा २५२ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । उसले अन्तिम बलमा २ रन जोड्दै लक्ष्य पूरा गरेको हो । श्रीलंकालाई अन्तिम ओभरमा ८ रन आवश्यक रहेका बेला सुरूका चार बलमा २ रन लिएर एक विकेट गुमाएको थियो । पाँचौं बलमा असालान्काले चौका प्रहार गर्दैं जितको सम्भावना कायमै राखेका थिए । अन्तिम बलमा पनि उनले दुई रन लिए ।

श्रीलंकाको पालीम कुसल मेन्डिसले ९१, चरिथ असालान्काले अविजित ४९ र सदीरा समराविक्रमाले ४८ रन बनाए । त्यसअघि पाकिस्तानको पालीमा मोहम्मद रिजवानले ८६, अब्दुल्लाह सफिकले ५२ र इफ्तिखर अहमदले ४७ रन बनाएका थिए । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए भने भारतसँग पराजय ब्यहोरेका थिए ।

सुरुका दुई खेलमा जित हात पार्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here