काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। चन्दविरुद्ध विनयराज भण्डारीले उम्मेदवारी घोषणा गरेका थिए।
तर उनले उम्मेदवारी फिर्ता लिएसँगै चन्द निर्विरोध भएका हुन्। त्यस्तै, क्यानको उपाध्यक्षमा हालका कोषाध्यक्षसमेत रहेका रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, जयन्ती भट्ट महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्। सचिव पदको लागि भने पारस खड्का र प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ।
























