तलेजु र भैरवनाथको दर्शन गर्न पुगेका पूर्वराजालाई हेर्न ठूलो भिड (फोटोफिचर)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो सांस्कृतिक भ्रमणका सिलसिलामा आइतबार भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी र टौमढीस्थित भैरवनाथको दर्शन गर्न पुगेका छन्। उनको स्थानीय जनताको ठूलै भिड स्वागतमा गरेको छ ।

हातमा नेपालको झण्डा बोकेका स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलै रहेको थियो । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई सकस परेको थियो ।

स्थानीय जनताले राजसंस्थाको पक्षमा ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए ।

नेपालमा राजसंस्था हुँदासम्म वीरेन्द्र वडा दशैंको कोजाग्रत पूर्णिमाको दिन भक्तपुरको नवदुर्गा मन्दिरसमेत पुग्दै आएका थिए । २०४१/४२ सालमा वीरेन्द्र नवदुर्गा भवानीको दर्शन तथा पूजाआजापछि भक्तपुर दरबार क्षेत्रस्थित तलेजु पुगेका थिए । ज्ञानेन्द्र राजा भए पनि राष्ट्र प्रमुख पुग्दै आएको नवदुर्गा मन्दिरमा पुगेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here