‘जवान’ सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्म

काठमाडौं । बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले भारतीय बक्स अफिसमा १७ दिनमा ४९२ करोड ४ लाख भारू कमाएको छ। प्रदर्शनको १८ औं दिन आइतबार फिल्मले उक्त उपलब्धि हासिल गर्न लागेको बलिउड व्यापार समीक्षक तरण आदर्शले जनाएका छन् ।

५ सय करोड कमाउन सनी देओलको फिल्म ‘गदर २’ लाई २४ दिन लागेको थियो भने शाहरूख खानको ‘पठान’ लाई २८ दिन र ‘बाहुबली २’ को हिन्दी संस्करणलाई ३४ दिन लागेको थियो। योसँगै ‘जवान’ ५ सय करोड क्लबमा सामेल हुने चौथो हिन्दी फिल्म बनेको छ।

अहिलेसम्म भारतमा ‘बाहुबली २’, ‘पठान’ र ‘गदर २’ मात्रै ५ सय करोड क्लबमा समावेश भएका छन्। ‘पठान’ ले ५४३ करोड कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड र ‘गदर २’ ले ५२२ करोड कमाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here