मेयर बालेनको गुनासो-‘अभियन्ता ईः’ को कुरा सुन्न खोज्दा संवादमा नआउने, वार्ता उहाँहरूको नेतासँग गर्नुपर्ने हो ?

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रमा जवाफदेहीता हुनुपर्ने भन्दै बालेनसँग वार्ताको लागि आग्रह गरेको भोलिपल्ट मेयर शाहले आफूले उनीहरुको कुरा सुन्न खोज्दा संवादमा नआएको बताएका छन् ।

उनले आन्दाेलनस्थलमै पुगेर आफूले वार्तामा बस्न गरेकाे आग्रह अस्वीकार गरेकाे बताए । उनले समाजिक सञ्जालमा भनेका छन् – ‘विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो । उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ, यहाँहरूको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नुभएन ।

लोकतान्त्रिक अभ्यासमा सबै कुराकाे समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ । सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नुभएको होला भन्ने हामीले बुझेको छौँ ।’ ‘के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नु पर्ने ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here