कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ ।

नेपालका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका बायाँ हाते ब्याटर कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे ।

यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा शतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए ।

मिलरले बनाएको कीर्तिमानपछि रोहित र सुदेशले बराबरी गरेका थिए।

मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध, रोहितले सोही वर्ष श्रीलंकाविरुद्ध र सुदेशले सन् २०१९ मा टर्कीविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here