मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो।

मंगोलियालाई कम स्कोरमा रोक्न नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरिले समान १ विकेट आफ्नो नाममा गरे।

टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठूलो अन्तरको जीत हो । ठूलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here