डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बन

काठमाडौं । गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको समय नपुग्दै सरुवा गरेको छ ।

यस्तै, अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठ उनै प्रहरी हुन्, जसले डाक्टर कुटिएका मणिपाल अस्पतालमा पुगेर आफूले नै अर्का डाक्टरलाई रगताम्य हुने गरी कुटेर आएको बताएका थिए ।

चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो। मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएपछि अहिले देशभरका चिकित्सकहरु आन्दोलित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here