उपत्यकामा डेंगु संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं । पछिल्ला केही दिनयता डेंगु्ु संक्रमितको संख्या निरन्तर बढिरहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ६२ जना संक्रमित भएका छन् ।

हालसम्म सबैभन्दा धेरै कोशी प्रदेशमा २२ हजार ५४० जना संक्रमित भएका छन् ।

त्यस्तै, वाग्मतीमा चारहजार ४६०, मधेसमा ५६७, गण्डकीमा एकहजार ८४०, लुम्बिनीमा ५०६, कर्णालीमा ८७ र सुदूरपश्चिममा ८९८ जनामा संक्रमण पुष्टी भएको छ ।

तथ्यांकअनुसार जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगीबाट ३० हजार ८९८ जना संक्रमित भएका छन् ।
सेप्टेम्बरका २५ दिनमा सात हजार ७७९ जना डेंगु संक्रमित थपिएका छन् । डेंगुबाट जुलाईयता १५ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here