सुनको दैनिक आयात कोटा वृद्धि

फाइलफोटो

काठमाडौं । दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि १० केजीमात्रै सुन आयात गर्न पाइन्थ्यो ।

नयाँ व्यवस्था अनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।

बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री/उपयोग गरेको सुनको संलग्न अनुसूची २ बमोजिमको ढाँचामा प्रत्येक महिना समाप्त भएको ७ (सात) दिनभित्र सम्बन्धित बैंकमा मासिक विवरण बुझाउनु पर्नेछ । यस्तो विवरण विद्युतीय माध्यमबाट समेत बुझाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here