काठमाडौं महानगर र अभियन्ता ईःबीच भयो यस्तो सहमति, आन्दोलन स्थगित

काठमाडौं । सडक तथा फुटपाथ व्यापारीको पक्षमा आन्दोलनरत ईः का प्रतिनिधि र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ ।

मंगलबारको चारबुँदे सहमतिपत्रमा थप संशोधन गरेर सहमति भएको हो । सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ ।

त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ ।

समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ ।सहमतिपछि नौ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here