‘दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन राष्ट्रपतिकहाँ चढाउँछन्, हस्ताक्षर गर्दिहाल्छन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका छन् । बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने बताए ।

‘हामीले परिकल्पना गरेका जस्ता व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैनन् ।’ त्यस्तैले आफूहरूले कुनै दलको नभइ १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको बताए ।

हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ उहाँ । राजनीतिक दल नै पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here