एमाले बागमतीको अध्यक्ष दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्षका दुईजना दावेदारले उम्मेदवारी फिर्ता लिएका छन्।

एमाले बागमती प्रदेश इन्चार्ज तथा अधिवेशन अध्यक्षमण्डलका अनुसार सानुकुमार श्रेष्ठ र केशर बुढाथोकी वर्तमान अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् ।

बुधबार परेको मनोनयनको उम्मेदवारी फिर्ता लिने समय निर्वाचन समितिले बिहीबार राति ९ बजेसम्मलाई निर्धारण गरेको छ।

तीनजना दाबेदार पछि हटेकाले अब बागमती एमालेको नयाँ नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच चुनाव हुने भएको छ।

निर्वाचन मण्डलले शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here