फुटबलर विमल घर्ती मगर पनि लागे अष्ट्रेलिया

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन् । उनी शुक्रबार अष्ट्रेलिया उडेका हुन् । यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन् ।

हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए । राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन् ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका तथा क्लबमा राम्रो प्रदर्शन गरेका फुटबलरहरू सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here