‘भष्मे डन’मा सौगात मल्लको ‘क्यारेक्टर लुक्स’

काठमाडौं । ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

पोस्टरमा उनी टाउकोमा फेटा बाँधेको र आक्रोशित मुडमा प्रस्तुत छन् । सिनेमाको यसअघि सार्वजनिक पोस्टर, टिजर र २ गीतले दर्शकमाझ निकै राम्रो हाइप बनाएका छन् । जसले गर्दा सिनेमाको विदेशका विभिन्न देशका शहरमा तीन हप्ता अगाडी नै अग्रीम टिकट बुकिङ समेत खुलिसकेका छन् । शीर्ष भूमिका भष्मे डनको चरित्रमा विपिन कार्कीले अभिनय गरेका छन् ।

फिल्ममा सौगात र विपिनका साथै स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय छ । टुकी आर्ट्सको ब्यानरमा फिल्म निर्माण भएको हो । यो फिल्म दशैंको फूलपातीको दिन रिलिज हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here