एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश

काठमाडौं । चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।

प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई छन्। अब चार समूहबाट आएका शीर्ष दुई-दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ।

सेमिफाइनलका दुवै समूहमा चार-चार टिम हुनेछन्। अब नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ। फाइनलमा शीर्ष तीन पर्न सके नेपालले एसियाली खेलकुदमा पदक जित्नेछ। भिक्टर पौडेल टोलीमा व्यवस्थापक रहेका छन् ।

व्यवस्थापक पौडेलले कमजोर तयारीका बाबजुद टोलीले निकै राम्रो नतिजा ल्याइरहेको बताए । ‘हाम्रो तयारी कमजोर भएपनि यहाँ आएपछि टोलीले नियमित प्रशिक्षण र खेलका कारण राम्रो सुधार गरेको छ । अब आउने चरणमा उत्कृष्ट प्रतिद्वन्द्वी छन् । हामी सेमिफाइनल पार गर्न सक्दो प्रयास गर्नेछौं,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here