काठमाडौं । एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ।
आज बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो। यो समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भए।
नेपाल तेस्रो हुँदा जापानलाई पछि पार्न सफल भयो। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शनिबार खेलेका थिए।


























