नेपालबाट मनसुन केही दिन ढिला बाहिरिने, ४ दिन वर्षाको सम्भावना

काठमाडौं । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। उक्त मिति आउन अब २ दिन मात्र बाँकी छ। तर यसपटक मनसुन केही दिन ढिला बाहिरिने सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।

आगामी ३/४ दिन देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ।

बुलेटिनमा भनिएको छ हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले आगामी ३/४ दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here