फेरी सक्रिय मनसुन, देशैभरी वर्षाको सम्भावना

फाइल तस्वीर

काठमाडौं, १८ भदौ । जल तथा मौसम विज्ञान विभागले देशैभर आगामी २४ घण्टा वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सूचित गरेको छ ।

मनसुनले देशभरकै मौसम अदलबदल हुने र त्यसले पार्ने पानीका कारण जनजीवन प्रभावित हुन सक्ने विभागको चेतावनी छ ।

यसबीचमा पहाडमा पहिरो जान सक्न तथा हवाई र सडक यातायात समेत प्रभावित हुन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

मौषम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउंमा औसत स्थान आसपास अवस्थित छ ।

साथै बंगालको खाडीको उत्तर-पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ । सोहीकारण देशको विभिन्न स्थानमा वर्षाको सम्भावना औल्याइएको छ ।

महाशाखाका अनुसार देशभर सामान्य बदली रही धेरै स्थानहमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

यसको प्रभावले पहाडि भु-भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानीको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबारसम्म रहन सक्ने बताइएको छ ।

बाढी पूर्वसूचना केन्द्रका अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । जसका कारण भोटेकोशी बाह्रबिसेमा जलसतह करिब १ मिटर बढेको छ ।

वर्षाले साना खोलामा आकस्मिक बहाव हुनुका साथै सिन्धुपाल्चोकको कोदारी राजमार्ग र आसपास पहिरो जान सक्ने भएकाले यात्रामा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here