सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट सहमति भएको हो।

सहमतीसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौंडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here