नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए। यस्तै, कुशल मल्लले अविजित ४७ रन बनाए। गुल्सन झाले ३५ र कुशल भुर्तेलले ३५ रन बनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here