एसियाली खेलकुद: माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो । यो जितसँगै नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । कुशल मल्ल ४७ रनमा नटआउट रहे ।

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए ।

नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलो पटक पाँच विकेट लिएका हुन् । उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५-५ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here