प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका छन्।

वैठकमा स्वचालित मूल्य प्रणालीको पुनरावलोकन गर्ने संकेत देखिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका विषयमा ‘आवश्यक’ निर्णय गर्न भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्‌को बैठक बोलाएका स्रोतले जनाएको छ ।

मूल्यवृद्धिमा आफूसँग परामर्श नगरेकोमा प्रधानमन्त्रीले असन्तुष्ट पोखेका छन् । नेपाल आयल निगमले शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विरोध भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको मूल्य बढाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here