केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्। उनीहरू ओपिडीमा आएका थिए। तर डा. मनिष खड्काले लाइनमा बस्न भनेपछि कुटपिट गरेको आरोप छ।

कुटपिट गरेको भन्दै चिकित्सकहरू आन्दोलित छन्। उनीहरूले अस्पताल अगाडि प्रदर्शन गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here