ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको सम्मान डा. अग्रवाललाई

काठमाडौं, १८ भदौ । इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानले प्राध्यापक गोविन्दराम अग्रवाललाई सम्मानित गरेको छ । काठमाडौंमा मंगलवार आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो ।

डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको, स्वदेश र विशेमा वाणिज्य क्षेत्रलाई बढावा दिएको भन्दै सम्मानपत्र, दोसल्ला र हस्तकलाजन्य मायाको चिनोद्धारा सम्मानित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा वाणिज्य विषय स्थापना गर्न कटिबद्ध रहेका इश्वरीलालको २०७५ मंसिर ४ गते स्वर्गारोहण भएको थियो ।

इश्वरीलालको सम्झनामा प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठान स्थापना गरि वाणिज्य दिवसको अवसरमा यस क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान गर्न शुरु गरेको इश्वरीलालका छोरा प्रकाश श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here