काठमाडौं । जिल्ला अदालत काठमाडौंले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार (असोज १२) मा पक्राउ गरेको थियो । पक्राउ गरेको दिनदेखि आइतबारसम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।
अनमोललाई पुनः सोमबार अदालतमा उपस्थित गराउनुपर्छ । फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।