विमानस्थलको सेटिङ भत्किएपछि वैकल्पिक मार्गबाट सुन तस्करी

फाइलफोटो

काठमाडौं । विद्युतीय चुरोट (भेप), सवारीसाधनका ब्रेक सु, इलेक्ट्रिक सेभरलगायतमा लुकाएर सुन तस्करी गर्दैआएका गिरोह अहिले उत्तरी सीमा नाकाबाट तस्करीमा संलग्न हुन थालेका छन्।

त्रिभुवन विमानस्थल हुँदै तस्करी गरिरहेका उनीहरू अहिले त्यहाँ कडाइ भएपछि फरार रहेका तस्करहरू दोलखा र रसुवा नाकाबाट सुन ल्याउन सक्रिय रहेको देखिएको छ।

वैकल्पिक मार्गबाट आएको आठ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ ।

प्रहरीले दोलखामा गएको हप्ता सात किलो सुन बरामद गरेको छ । दुईपटक गरेर ल्याइएको सुन एकपटक तीन किलो र एकपटक चार किलो बरामद भएको थियो । त्यसमा संलग्न केहीलाई पनि पक्राउ गरिएको छ ।

यसअघि सुन तस्करीका घटना विमानस्थलबाटै भएको पाइएको थियो । त्यसमा पनि भन्सारका कर्मचारी कै मिलेमतोसमेत पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here