महिला भलिबल: नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले लगातार दोस्रो हार बेहोरेको छ ।

समूह ‘सी’को खेलमा नेपाली टिम दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेट दक्षिण कोरियाले २५–२१ ले जितेको थियो ।

यसपछिका दुई सेटमा भने दक्षिण कोरियाले २५–१४, २५–११ को सोझो स्कोरमा जित निकाल्यो । लगातार दोस्रो हार बेहोरेको नेपाल समूह चरणबाटै बाहिरिएको छ । यसअघि, नेपाल पहिलो खेलमा भियतनामसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here