भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपाललाई भारतले २०३ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको भारतले नेपालविरुद्ध विस्फोटक ब्याटिङ गरेका यशस्वी जैसवाल १०० रनको मद्दतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको हो ।

भारतका लागि रिंकु सिंहले ३५ र शिवम दुवे २५ रनमा नटआउट रहे। कप्तान ऋतुराज गायकवाडले २५ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here