नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू , उल्लंघन गर्नेलाई कारबाही

काठमाडौं । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्‍यालीमा ढुंगामुडा प्रहार भएको थियो ।

कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउने कानुन विपरीतका कुनै पनि गतिविधि नगर्नु स्थानीय प्रशासनले अपील गरेको छ । कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।

आदेशको उल्लंघन गर्नेलाई आवश्यकता अनुसार बल प्रयोग गर्न सक्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here