नेपालगञ्जमा कर्फ्यू खुकुलो, सामाजिक सद्‌भाव भड्काउनेलाई कारबाही गर्ने

नेपालगन्ज । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको नेपालगञ्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

बुधवार बसेको वैठकले कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय राजनीतिक दलहरु, सुरक्षा निकाय, स्थानीय नागरिक सरोकारवालाहरुले गरेका हुन् ।

सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ । धार्मिक विवाद बढ्दै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगञ्जमा जारी गरिएको कर्फ्यु निरन्तर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here