काठमाडौं । नोबेल पुरस्कार समितिले साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिने निर्णय गरेको छ ।
बिहीबार समितिले फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको ठहर गर्दै पुरस्कार घोषणा गरेको हो ।
६४ वर्षीय नाटककार तथा लेखक फोसले ड्रिम अफ अटम, द नेम लगायत नाटक लेखेका छन्।