नेपालगञ्जमा बिहान ६ देखि राति ८ बजेसम्म निषेधाज्ञा, ५ जना भन्दा धेरै भेला हुन नपाइने

काठमाडौं । धार्मिक तथा सामाजिक सद्भाव विथोलिने संकेत देखिएको बाँकेको नेपालगञ्जमा कर्फ्यू जारी राखिएको छ।

आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यद्वारा सूचनामा उल्लेख छ।

उपमहानगरपालिका क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्ज उपमहानगर क्षेत्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा जाने रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) मा निषेधाज्ञा जारी गरिएको छ। निषेधित क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता सामग्री टास्न वा लेख्न नपाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

निषेधाज्ञाका क्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँङ्गा ५ जना वा सोभन्दा बढी संख्यामा मानिसहरु जम्मा भएको पाइए कारबाही गरिने प्रजिअ आचार्यले जनाएका छन्।

पछिल्लो समय हिन्दू र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व बढाउने गतिविधि बढेपछि स्थानीय प्रशासनले असोज १६ गतेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रमा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। यस बीचमा धार्मिक तथा सामाजिक सद्‌भाव कायम राख्न भन्दै दुवै समुदायका अगुवाले सद्भाव र्‍याली तथा बैठकहरु समेत आयोजना गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here