एसियाडमा नेपालकी कराँते खेलाडी एरिकाले जितिन् रजत

काठमाडौं । चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् । ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् ।

एरिका कराँतेबाट एसियाली खेलकुदमा रजत जित्ने पहिलो खेलाडी बनिन्। यसअघि नेपालले एसियाली खेलकुदमा करातेबाट कास्य मात्र जितेको थियो। एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो ।

यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत रजत र अघिल्लो संस्करणमा नेपालको प्याराग्लाइडिङ टोलीले टिम स्पर्धामा रजत जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here