नेपाली दूतावासले भन्यो-‘इजरायलमा अप्ठ्यारोमा परे यो नम्बरमा सम्पर्क गर्नूहोस्’

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीका लागि ‘एडभाइजरी’ जारी गरेको छ। गाजासँगको सीमाना लगायतका विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेकाले त्यहाँ रहेका नेपालीका लागि दूतावासले सूचना जारी गरेको हो।

साथै अप्ठ्यारोमा परेका नागरिकलाई उद्धारका लागि निरन्तर इजरायलका सुरक्षा निकाय तथा अधिकारीहरुसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ।

दूतावासका प्रथम सचिव अर्जुन घिमिरे 052-8289300 र सहचारी सञ्जयकुमार शाह 054-5582077 को नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ। यस्तै एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि अप्ठ्यारोमा परेकाहरुको सम्पर्कमै रहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here