अरिंगालले टोकेर दुई बालिकाको मृत्यु

जाजरकोट । अरिंगालले टोकेर जाजरकोटको कुशे गाउँपालिका–१, धाउनीमा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहका छोरीद्वय नौ महिनाकी निर्जला र तीन वर्षीया सुस्मिता छन् ।

टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारीअनुसार घाइते निर्जलाको उपचारका निम्ति छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको थियो । सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो ।

गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा उनीहरूलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here