टेलिकमको एनटी फाइबर सेवाको व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर

काठमाडौं । नेपाल टेलिकमले आगामी बिहीबारदेखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ।

यस अफरअन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको टेलिकमको भनाइ छ।

सेवाग्राहीहरूको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो।

यस अफरमा हाल १० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गरिरहेकाका सेवाग्राहीले सोही मूल्यमै २५ एमबिपिएस र २० वा ३० एमबिपिएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबिपिएसको सेवा प्रयोग गर्न सक्नेछन्।

यसैगरी, ४० एमबिपिएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरूले सोही मूल्यमा अबदेखि १०० एमबिपिएसको सेवा प्राप्त गर्नेछन्। हाल ८० एमबिपिएस सेवा लिइरहेका सेवाग्राहीहरूलाई पुरानै दरमा १५० एमबिपीएस गतिको सेवा उपलब्ध हुनेछ।

यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसीलाई समेत बढोत्तरी गरिएको कम्पनीको भनाइ छ। साथै हाल ३० एमबिपिएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिदा दैनिक ३०० एमबी डेटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ।

यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *१४१६# डायल गर्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here