काठमाडौं । गत डिसेम्बरमा मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका बेल्जियममा ३२ वर्षीय इडेन हजार्डले फुटबलबाटै सन्यास लिएका छन् ।
बेल्जियमको स्वर्ण पुस्ताका प्लेमेकर, चेल्सीका पूर्व विंगर हजार्डले गत सिजन रियल मड्रिड छाडेका थिए । २०१२ मा चेल्सीमा अनुबन्ध भएका उनले ३५२ खेल खेल्दै ११० गोल गरे भने दुई पटक प्रिमियर लिग जिते ।
२०१९ मा रियल मड्रिड गएपछि उनले निकै कम खल खेले । उनले रियलका लागि जम्मा ५४ लिग खेल खेलेका छन् ।