हमासको हमलामा घाइते डाँगीको शल्यक्रिया सफल

काठमाडौं । प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको हमलामा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका-३, हेकुलीका प्रवीण डाँगीको शल्यक्रिया सफल भएको छ। २३ वर्षीय डाँगीले एक भिडिओ मार्फत आफ्नो शल्यक्रिया सफल भएको बताएका हुन्।

डाँगीले भिडिओ सन्देश आफन्त र घर परिवारसम्म पुर्‍याइदिन पनि आग्रह गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको पहिलो कृषिविज्ञ टोली मार्फत ११ महीनाका लागि उनी गत भदौ २३ गते इजरायल गएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here