अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२३ को प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानविरुद्ध ३–२ को रोमान्चक जित हात पारेको छ ।

बुधबार श्रीलंकाको कोलम्बोस्थित सुगाथादसा इन्डोर रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो सेट २५–१९ ले जितेको थियो । तर, यसपछि लगातार दुई सेट गुमाउँदा नेपाल पराजयको संघारमा पुगेको थियो । तर, त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै नेपालले अफगानिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा हराएको हो ।

प्रतियोगितामा तेस्रो खेल खेलेको नेपालको यो दोस्रो जित हो । नेपालले यसअघि पहिलो खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदा दोस्रो खेलमा भने घरेलु टिम श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।

अफगानिस्तानको भने यो पहिलो हार हो । ६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here