इजरायलबाट उद्धारको पहिलो प्राथमिकतामा विद्यार्थी, एकैलटमा फर्काउने प्रयास

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी विमान आज राति ११ बजे इजरायल जाँदैछ। वाइडबडी विमानको क्षमता २५० जनाको छ। परराष्ट्र मन्त्रालयको अनुसार इजरायलमा रहेका नेपालीमध्ये २८८ जना नेपाल फर्किन चाहेका छन्।

नेपाल फर्किन चाहेकामध्ये विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राखेर फर्काउने जानाकारी दिएको छ । केयर गिभरको रुपमा गएका कामदारहरु इजरायली परिवारकै सदस्य बनेर रहेको र उनीहरु कम जोखिममा भएकाले विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकता रहेको बताइन् ।

विद्यार्थीहरु विश्वविद्यालयबाट कोही भर्खरै गएका छन् । केयर गिभरहरु परिवारकै रुपमा रहेका र लामो समय बसेका कारण उहाँहरुको सुरक्षा जोखिम कम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here