भारतले अफगानिस्तानलाई हरायो, रोहितको कीर्तिमानै कीर्तिमान

काठमाडौं । कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा भारतले अफगानिस्तानमाथि ८ विकेटको जित निकालेको छ ।

जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु टोली भारतले खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो ।कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३१ रनको शतकीय इनिङ खेले । उनको यो विश्वकपको सातौं शतक हो ।

यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का बनाउने क्रिस गेलको कीर्तिमान पनि तोडेका छन् । गेलको यसअघि ५५३ रनको कीर्तिमान रहेको थियो ।

विराट कोहलीले नटआउट रहँदै ५५ रन तथा श्रेयस ऐयरले पनि नटआउट रहँदै २५ रन बनाएर भारतलाई जीतसम्म पुर्‍याए । यसअघि ओपनर ईशान किसन भने ४७ रन बनाएर आउट भएका थिए । भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तानले बंगलादेशसँग ६ विकेटले हारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here