प्रधानमन्त्री मोदी नेपालको अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा क्षेत्रमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आउने भएका छन्।

मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी क्षेत्रमा आउन लागेका हुन्। मोदी बिहीबार बिहान ८:३० बजे कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङ पुग्नेछन्। त्यहाँबाट उनले कैलाश पर्वतको दर्शन र पूजापाठ गर्ने कार्यक्रम छ।

बिहान ९:३० बजे उनी गुञ्जी क्षेत्रका गाउँ पुग्नेछन्। गुञ्जीसहित नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेछन्।

कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्। मध्याह्न १२:०० बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जानेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here